२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता

Nada
२०८१ पुष ९ गते २०:३८
Shares
लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता

काठमाडौं : लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सहकार्य गर्नेबारे सम्झौता भएको छ । लिजेण्ड पोपर्टिजले विकास गरेका जग्गा तथा घरहरूको खरिद गर्न बैंकले सहुलियत कर्जा उपलब्ध गराउने सम्झौता भएको हो ।

ncell

सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिजले सरकारी मापदण्ड पूरा गरी बिक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरू खरिद गर्ने ग्राहकहरूलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरू मार्फत् सुलभ ब्याजदर तथा सरल प्रक्रिया मार्फत आवास कर्जा उपलब्ध गराउने छ ।

लिजेण्ड प्रोपर्टिजले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलाशे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलावशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरी विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ । सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिजका उपाध्यक्ष पूर्णबहादुर लिम्बुले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर