काठमाडौं : नेपाल एसबिआई बैंकले लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आफ्नो सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका–०२, नेपालगन्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुरु गरेको हो ।
उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । नयाँ कार्यालयको उद्घाटन समारोहमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द लगायतको उपस्थिति रहेको थियो ।