२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार

महासंघको पहिलो बैठक : पत्रकार दाहालमाथिको धम्की प्रकरणमा मिसन टोली खटायो

ADV
मध्यान्ह
२०८१ पुष ९ गते २१:०१
महासंघको पहिलो बैठक : पत्रकार दाहालमाथिको धम्की प्रकरणमा मिसन टोली खटायो

काठमा : नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गर्न मिसन टोली खटाएको छ । 

महासंघको २७ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् । 

सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाएको छ ।

बैठकले २७औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।

 साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

बैठकले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने निर्णय गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise