२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

ADV
मध्यान्ह
२०८१ पुष १० गते १२:११
सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढाइने बताएका छन् । बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेकाे कार्यदल बनिसकेकाे र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेकाे बताए । 

'संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ,' उनले भने । 

उपप्रधानमन्त्री सिंहले बुधबार रूपन्देहीकाे सियारी गाउँपालिकामा सियारी पर्यटन करिडाेरकाे शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ याेजनाकाे उद्घाटन गरे । पर्यटन करिडाेर र लिफ्ट सिँचाइ आयाेजनाले सियारी गाउँपालिकाका नागरिककाे आर्थिक अवस्था परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे ।

'गरे देशमै हुन्छ भन्ने उदाहरण सियारी गाउँपालिका बनेकाे छ । देशमा केही भएन भन्ने भाष्य बनाउन खाेजिएका बेला सियारी गाउँपालिकाले एउटा नमूना प्रस्तुत गरेकाे छ,' उपप्रधानमन्त्री सिंहले भने,' पर्यटन करिडाेरले यहाँकाे पर्यटन प्रवर्द्धनमा याेगदान पुग्ने छ भने लिफ्ट सिँचाइले यहाँकाे कृषि उत्पादन बढाउने र यहाँका कृषककाे समृद्धिका लागि याेगदान पुग्नेमा विश्वस्त छु ।'

नागरिककाे जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेकाे काम उदाहरणीय भएकाे भन्दै उनले प्रशंसा गरे । लिफ्ट सिँचाइ आयाेजनाले १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुनेछ ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषककाे चाहना अनुसार पालिकाले काम गरिरहेकाे बताए । 'दुई वटा याेजना सफल भएपछि यहाँकाे आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेछ,' उनले भने । 

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले कोभिडपछिको धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारकाे संकेत देखिन थालेकाे बताए । 'कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छ,' उपप्रधानमन्त्री सिंले भने, 'अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौं । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।'

ADVADV

सम्बन्धित खबर

Advertise