२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

ADV
मध्यान्ह
२०८१ पुष १० गते १२:४५
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् । 

उनले भने, ‘हाम्रो मन्त्रालय बढि लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौं । र त्यसको पोलिसी ल्याउने वित्तिकै त्यसको कानुन बनाउँछौं ।’ उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गर्‍यो भन्ने गलत प्रचार भएको छ । 

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए । उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकैपटक छानबीन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने, हाम्रोलाई मात्र गर्‍यो आफ्नोलाई गरेन भन्ने छ । 

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपालाई मात्र गर्‍यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’ उनले मुलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए । 
 

ADVADV

सम्बन्धित खबर

Advertise