२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमएडब्लू वृद्धिले भक्तपुरमा सोकोन शोरुम सञ्चालन

Nada
२०८१ पुष १० गते २१:३२
Shares
एमएडब्लू वृद्धिले भक्तपुरमा सोकोन शोरुम सञ्चालन

काठमाडौं : नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्शियल प्रालिले भक्तपुरमा सोकोन शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार भक्तपुरमा आफ्नो पहिलो शोरुमको उद्घाटन गरेको हो । नयाँ शोरुम उद्घाटनले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई पुुष्टी गरेको कम्पनीको दाबी छ ।

ncell

एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायत अन्य विशिष्ट अतिथि, मिडिया र सरोकारवालाहरूको गरिमामय उपस्थितिमा उक्त शोरुमको औपचारिक उद्घाटन गरिएको थियो ।

भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्दछ । ग्राहकको आराम र सुविधालाई ध्या(नमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर