२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर

मध्यान्ह
२०८१ पुष ११ गते ११:२३
सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर

काठमाडौंः नेपाली  बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाला सुन  तोलामा ६ सय रुपैयाँले बढेको हो । 

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।      
 

ADV

सम्बन्धित खबर