२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

३९ वटा देशका लागि अलग-अलग संसदीयमैत्री समूह गठन

Nada
२०८१ पुष ११ गते १५:२२
Shares
३९ वटा देशका लागि अलग-अलग संसदीयमैत्री समूह गठन

काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । बिहीबार ३९ वटा देशमा संसदीय मैत्री समूह गठन भएको हो । सो क्रममा सभामुख देवराज घिमिरेले गठित मैत्री समूहका संयोजकहरूसँग छलफल पनि गरेका छन् । सोही क्रममा सभामुख घिमिरेले समूहहरु ढिला बनेपनि यसलाई तिव्र गतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । यस्तै, उनले कति देशमा समूहहरु नमिलेको भन्दै यस्ता कुराहरु छिटो मिलाएर जानुपर्ने बताए । 

ncell

उनले भने, ‘हामी पनि संसदका सदस्य हौ र हाम्रो समुह मैत्रीपूर्ण हो । व्याख्या धेरै तरिकाबाट गर्न सकिन्छ तर अहिलेलाई यसरी नै बुझ्दै जाँउ । यो समूह गठन ढिला भयो, ढिला भएपछि गति दिने कुरा त छँदै छ तर अहिले पनि मिलेन म अर्को मुलुकमा बस्छु भन्ने खालको कुराहरु आइरहेका छन् । यस्ता कुराहरु मिलाउने सन्दर्भमा छिटो मिलाएर जाउ भन्ने हो । ढिलो भएपनि पहिलो पटक यसरी छलफल गर्दैछौ ।’ 

यसको साथै, १६ वटा समितिलाई पनि व्यवस्थापन गर्न समस्या भएको अवस्थामा मैत्री समूहहरुलाई सचिव दिने र छुट्टै कोठा दिने कुरा हाललाई सम्भव नभएको उनको भनाई छ । 
उनले भने, ‘हामीसँग भएका संसदीय समितिहरु दुईवटै सदनको गरेर जम्मा १६ वटा छन् । १६ वटालाई पनि व्यवस्थापन गर्न समस्या भएको अवस्था छ । मैत्री समूहहरुलाई सचिव दिने कुरा सम्भव छैन् । हाललाई, छुट्टै कोठा गर्ने त झनै सम्भव छैन् । एउटा कोठा तोकौ भन्दा पनि सम्भव छैन् ।’ 

उनले सबै मुलुकसँग समन्वय गर्न सकिन्छ भन्ने आकांक्षा राखेर धेरै समूह बनाएको भन्दै यसलाई आवश्यकता अनुसार बढाउने र घटाउने बताए । मैत्री समूहहरुमा संयुक्त अरब इमिरेट्स, आउदी अरब, आयरल्याण्ड,ओमान, पोर्चुगल, थाइल्याण्ड, अमेरिका, फिनल्याण्ड, स्पेन, अष्ट्रेलिया, बहराइन, फ्रान्स, ब्राजिल, जापान, मलेसिया, बेलायत, बेल्जियम, रुस, उत्तर कोरिया, इजिप्ट, इजरायल, भारत, दक्षिण अफ्रिका, चीन, क्यानडा, क्यूबा, केन्या, अष्ट्रिया, श्रीलंका, स्वीटजरल्याण्ड, अजरबैजान, कतार, जर्मनी, नर्बे, भुटान, डेनमार्क, कमेडिया, कुवेत लगायत छन् । उक्त समूहका लागि संयोजक र सदस्यहरु तोकिएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर