काठमाडौँ : सर्वोच्च अदालतले एनसेलविरुद्ध स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज गरेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै सरकार, दूरसञ्चार प्राधिकरण र एनसेलका नाममा केही निर्देशनात्मक आदेश समेत जारी गरेको छ । आदेशको विवरण भने सार्वजनिक भइसकेको छैन ।
सर्लाही-४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।