काठमाडौँ : सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग बिहीबार बयान लिएको हो ।
अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् ।
जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै बयान दिएका हुन् । उनको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर प्रश्नहरु सोधिनेछ । बयानका विस्तृत विवरणहरू आइसकेका छैनन् ।
प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।