२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपीआर’ जडान

ADV
मध्यान्ह
२०८१ पुष ११ गते १८:२६
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपीआर’ जडान

मर्चवारः सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपीआर) जडान गरेको हो । 

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपीआर जडान गरिएको नगरपालिकाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताए । उनले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपिआर जडान गरिएको जानकारी दिए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन लगाउँदा पनि पहिचान गर्न सकिने बताए । उनका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ  । 

ADVADV

सम्बन्धित खबर

Advertise