२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले मनायो वार्षिकोत्सव

Nada
२०८१ पुष ११ गते १९:१८
Shares
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले मनायो वार्षिकोत्सव

काठमाडौं : विगत १७ वर्षदेखि सौन्दर्यप्रति सचेत सम्पूर्ण नेपालीहरुको रोजाइमा परेको “रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर”ले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर गोंगबु आवासमा अवस्थित मानवसेवा आश्रमका ५३ जना अनाथ लक्ष्मीनारायण र साना बालबालिकाहरुका लागि केक काटेर न्यानो कपडा वितरण र बिहानीको मिष्ठान्न भोजन खुवाएर मनाएको हो ।

ncell

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका २ जना प्रोफेसनल ब्युटिसियनहरू नुतन गिरी र चन्दा घिसिङ तथा फोटो पत्रकार संचारकर्मी बद्री थापालाई विशेष सम्मान गरिएको थियो ।

यस्तै लामो समयदेखि सेवारत विभिन्न शाखामा अहोरात्र सेवा गर्ने व्यवस्थापक, हेयर डिजाइनर, मेकअप आर्टिष्ट र ब्युटिसियनहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौं मल सुन्धाराको पहिलो र चौथो तल्लामा छ । यसैगरी बिजी मल गोंगबुकाे चौथो तथा बुद्धमल बालाजुकाे पहिलो तल्लासहित चार वटा शाखाबाट याे सञ्चालित छ । विभिन्न शाखामा गरी ६५ जनाले प्रत्यक्ष रोजागरी पाएका छन् भने हजारौंलाई सीपमूलक तालिम दिइएको संरक्षक प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।

रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चाया, पोतो हटाउने, ट्याटु हटाउने आदि सेवा प्रदान गर्दै आएको अध्यक्ष एवं विरिष्ठ ब्यूटिसियन रश्मिला श्रेष्ठले जानकारी दिइन् ।

ताजा खबर

सम्बन्धित खबर