काठमाडौं : कजरिया रमेश टाईल्स लिमिटेडले नयाँ टायलको उत्पादन विस्तार गरेको छ । कम्पनीले सिरेमिक टाईल्सहरूको नयाँ श्रृंखला प्रस्तुत गर्दै आफ्नो उत्पादनलाई थप विस्तार गरेको हो । यसअघि कम्पनीले दुईवटा साइजमा ग्लेज्ड भिट्रिफाइड टाईल्सका साथै हेभी ड्युटी भिट्रिफाइड टाईल्स बजारमा ल्याइसकेको छ ।
कजरियाले नेपालभर १ सय भन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको जनाएको छ । जसले ग्राहकहरूलाई कम्पनीका उत्कृष्ट उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पुर्याएको कम्पनीको दाबी छ ।
सिरेमिक टाइल्सलाई टिकाउपन, र मर्मतसम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानहरूमा प्रयोगका लागि उत्तम विकल्प मानिन्छ । कजारिया रमेश टाईल्सले विभिन्न डिजाइन, रङ र साइजका धेरै विकल्पहरू बजारमा ल्याउने गरेको छ ।