भोलिबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । कोरोना भाइरस रोकथाम तथा सतर्कता उच्च स्तरीय समितिको बैठकले परीक्षा नसार्ने निर्णय गरेपछि एसईई भोलिबाट शुरु हुने भएको हो । परीक्षाका लागि देशभरका चार लाख ८२ हजार १९ विद्यार्थीले आवेदन दिएका छन् । एसईईको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तर, परीक्षा निर्धारित समयमै हुनेबारे भने सोमबार बसेको उच्च स्तरीय समितिको बैठकले मात्रै निर्णय गरेको हो । निर्णयमा ढिलाई हुँदा विद्यार्थी र तिनका अविभावक नै अन्योलमा परेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समयमा निर्णय दिन नसक्दा आम सञ्चार माध्यममा समेत अन्योल देखिएको थियो । उच्च स्तरीय समितिको निर्णय पछि भने निर्धारित समयमै परीक्षा सञ्चालनको बाटो खुलेको छ ।
उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसका कारण परिस्थिति असामान्य नभएसम्म परीक्षा नियमित चल्ने निर्णय गरेको छ । अर्थात्, कोरोनाको संक्रमण नेपालमा देखिएमा भने परीक्षा स्थगित हुनेछ । यसको अर्थ अहिले पनि एसईई परीक्षा नियमित हुनेमा भने ढुक्कको परिस्थिति छैन । यदि, कोरोना भाइरस नेपालमा देखिएमा मात्रै पनि परीक्षा स्थगित हुनेछ । यसको प्रत्यक्ष असर भने परीक्षार्थी र तिनका अविभावकमा पर्नेछ । तर, कोरोना भाइरसका कारण परिस्थिति असमान्य अवस्थामा जान्छ वा जाँदैन भन्नेले भन्दा पनि परीक्षार्थीलाई यस सम्बन्धी भएको प्रचारले त्रसित तुल्याएको छ ।
किनभने, कोरोना भाइरसबाट यति धेरै सूचना प्रसार गरिएको छ कि परिपक्क पंक्ति समेत त्रसित हुने अवस्था छ । तर, यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे भने अहिलेसम्म प्रभावकारी सूचना प्रभाहित भएको छैन । एसईईका परीक्षार्थी मात्रै नभएर बाँकी विद्यार्थीहरुलाई समेत कोरोना भाइरसको त्रासले आतंकित बनाएको छ । आज सकिदै गरेको परीक्षामा देशभरका कलिला बालबालिका सहभागी हुँदै आएका छन् । संघीय सरकारको निर्देशनअनुसार, आज परीक्षा सकिन लागेको हो । महामारीमा विवेकले राम्ररी काम नगर्न सक्छ । तर, सरकारले यसबारे सचेत भएर निर्णय लिनुपर्ने थियो । विशेषतः तिनै बालबालिकालाई यसबारे प्रभावकारी शिक्षा दिनुपर्नेमा सरकारले पाठ्यक्रमको कठोर प्रश्न सामुन्नेमा ल्याइदिए । यसले उनीहरुमा त्रास पैदा गरेको छ । यसबारे ध्यान दिनु र बालबालिकामा त्रास नभएर जानकारीको बिस्तार गर्नु अविभावक, समुदाय र सरकारको संयुक्त दायित्व हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies