काठमाडौं : ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित भएको छ । उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गरेर विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले एक्सलेन्स बैंकलाई इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मान गरेको हो ।
एनसीएचएलको १६औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कपिल ढकाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
प्रविधिमैत्री र ग्राहक केन्द्रीत सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत डिजिटल बैंकिङमा भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ ।