जनकपुर : सत्तारुढ दलकै सांसद विभाजित भएपछि प्रदेश २ को प्रदेशसभा बैठकले नाम र राजधानीको टुंगो लगाउन सकेन । प्रदेश २ को नामकरणमा दर्ता भएका सबै प्रस्ताव मतदानबाट अस्वीकृत भएपछि राजधानीसम्बन्धी प्रस्ताव पनि पारित हुन नसकेको हो ।
समाजवादी पार्टी, राजपा नेकपा र कांग्रेसले संयुक्त रुपमा जनकपुरलाई प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव ल्याए पनि मतदानबाट पारित भने हुन सकेन । प्रदेश राजधानी जनकपुर बनाउनुपर्छ भन्ने पक्ष र विपक्षमा समान ५२÷५२ मत परेको र ३ मत बदर भएको निर्वाचन अधिकृत रञ्जीत यादवले जानकारी दिए ।
प्रदेश नम्बर २ को नाम ’मधेस’ राख्ने पक्षमा दुई तिहाइ बहुमत नजुटेपछि सत्तापक्षकै केही सांसदले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेनन् । प्रदेश २ को नाउँ पनि टुंगो लाग्न सकेन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको प्रस्ताव पनि असफल भएको छ ।
सो पार्टीको प्रस्ताबमा ७२ मत हुनुपर्नेमा ६० मत मात्र खसेको छ । चारवटै प्रस्ताब अस्वीकृत भएपछि अव फेरी पुनः प्रस्ताव दर्ता गराएर नयाँ प्रकृयामा जानुपर्छ समाजवादी पार्टीका उपनेता रामअशिष यादवले वताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies