२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिटिजन लाइफद्वारा रोशीका ४४७ विद्यार्थीलाई न्यानो लुगा वितरण

Nada
२०८१ पुष १२ गते २१:०१
Shares
सिटिजन लाइफद्वारा रोशीका ४४७ विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विद्यार्थीलाई न्यानो लुुगा वितरण गरेको छ । कम्पनीले काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगलजन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरेको छ । शुक्रवार उक्त विद्यार्थीहरूका लागि कम्पनीले विद्यालयको जाडो महिनाको पोसाक ट्रयाकसुट वितरण गरेको हो ।

ncell

श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको थियो । काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित केही क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरूलाई न्यानो पोसाक वितरण गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको, स्थानीय तहका पदाधिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको पनि उपस्थित थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा स–साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफूलाई पनि खुसी लागेको बताए । उनले बीमा सबैको लागि आवश्यक छ भन्ने कुरामा जोड दिएर विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिए । बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न सकिने बताए । कम्पनीका एजेन्सी मेनेजर साथै सो कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागि धन्यवाद दिएका थिए ।

सम्बन्धित खबर