२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बागमती प्रदेश सभा बैठक मंगलबार बस्ने

Nada
२०८१ असार ९ गते १३:१४
Shares
बागमती प्रदेश सभा बैठक मंगलबार बस्ने

मकवानपुर : बागमती प्रदेश सभाको बैठक आगामी मंगलबार बिहान ११ बजे बस्ने भएको छ । 

ncell

मंगलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

यस्तै यही असार १३ गते बस्ने प्रदेश सभाको बैठकमा बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयअन्तर्गत छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने एवम् विनियोजित बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रवक्ता गुप्ताले बताए ।

यसअघि गत असार ७ गते बसेको प्रदेश सभा बैठकमा बजेटसम्बन्धी छलफल भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर