२०८१ पुष १३ गते शनिवार / Dec 28 , 2024 , Saturday
२०८१ पुष १३ गते शनिवार
Ads

नेवाःदेय दबुको अध्यक्षमा श्रेष्ठ चयन

ADV
मध्यान्ह
२०८१ पुष १२ गते २१:३६
नेवाःदेय दबुको अध्यक्षमा श्रेष्ठ चयन

विराटनगर : नेवाः समुदायको राष्ट्रिय संस्था नेवाः देय दबुको विराटनगर अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ चयन भएका छन् । विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले अम्बर सर्वसम्मत चयन भएका हुन् । 

बंगलामुखी मन्दिरको प्राङ्गण झी पुचः मा सम्पन्न अधिवेशनले १३ जनाको कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा यादव प्रधान, उपाध्यक्ष (खुला)मा आशिष श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता तुलाधर, सचिव (महिला) मा सिर्जना श्रेष्ठ, सचिव (खुला) मा सुनिल कुमार श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएकी छन् । 

नवनिर्वाचित कार्यसमतिहरुको कार्यकाल दुई वर्षको हुनेछ । नेवार सामुदायको हकहितको लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए । नेपाल भाषा, संस्कृति, कला र ज्ञानलाई राष्ट्र र राष्ट्रियसग जोडेर समृद्ध समाज बनाउने तर्फपनि आफु उन्मुख भएर अगाडि बढ्ने उनको भनाइ छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise