२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विज्ञापन बजारलाई चलायमान बनाउने आनको निष्कर्ष

Nada
२०८१ पुष १२ गते २२:४२
Shares
विज्ञापन बजारलाई चलायमान बनाउने आनको निष्कर्ष

काठमाडौं : नेपाल विज्ञापन संघ(आन)ले विज्ञापन बजारलाई चलायमान बनाउने निष्कर्ष निकालेको छ । संघको शुक्रबार सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त निष्कर्ष निकालेको हो । 

ncell

नेपाली आमसञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन आनले शुक्रबार विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराइ दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

काठमाडौंको ताहाचलस्थित होटल हायात प्लेसमा भएको कार्यक्रमको पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितिकातर्फबाट महासचिव तथा कोषाध्यक्षबाट छुट्टा–छुट्टै वार्षिक, आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणहरु प्रस्तुत भएको थियो । उक्त विवरणहरु बहुमतले पारित गरेको छ । 

यस्तै दोस्रो सत्रमा ‘स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एड्भटाइजिङ ल्याण्डस्केप’ शिर्षकमा बृहत् अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 

विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुतकर्ता भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इं, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै, बरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको  वर्तमान अवस्थाको चित्रण गरेका थिए । 

कार्यक्रमको अन्त्यमा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्षिक रूपमा  परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रूपमा लिनुपर्ने र विज्ञापनले मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । साथै, जनस्वास्थ ऐन, क्लिन फिड नीति लगायत विज्ञापनलाई बन्देज गर्ने कानूनहरूलाई समेत पुनःविचार गर्न सम्बद्ध सबै पक्षहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष र प्रतिबद्धता व्यक्त गरिएको थियो ।

यस्तै तेस्रो सत्रमा बरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानलका  अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व.पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो । वर्षेनी एड फेष्टको अवसरमा थाइल्याण्डमा आयोजना हुने योग लोटस वर्कशप सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगायत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरूका प्रतिनिधिहरूबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल प्रशन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । 

सम्बन्धित खबर