२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन

Nada
२०८१ पुष १३ गते ०९:५९
Shares
कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन

काठमाडौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।

ncell

केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बीचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेस गर्न केन्द्रले सबै पालिकालाई निर्देशन दिएको हो ।
 

सम्बन्धित खबर