२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लुम्बिनी सेरामिक्सको पहिलो एक्स्क्लुसिभ डिलर चितवनमा

Nada
२०८१ पुष १३ गते १८:१५
Shares
लुम्बिनी सेरामिक्सको पहिलो एक्स्क्लुसिभ डिलर चितवनमा

चितवन : नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलरको रुपमा चितवनको रत्ननगरस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई नियुक्त गरेको छ । 

ncell

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले “एम्पोरियो” श्रेणीअन्तर्गतको रत्ननगर–३ शान्तिचोकमा अवस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सको आज एक समारोहबीच उद्घाटन गरेका हुन् । 

कम्पनीको डिलरशिपका चार श्रेणीहरूमध्ये “एम्पोरियो“ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्वारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ । 

यही वर्षको मंसिरबाट औपचारिक उत्पादनमा आएको विश्वस्तरीय लेमिनार टायल्सलाई इञ्जिनियर, निर्माण व्यवसायी, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूले अत्याधिकरुपमा रुचाएका छन् ।

कम्पनीले आफ्ना उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ १०० भन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ । 

लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन लुम्बिनी सेरामिक्सले आउँदो वर्ष २०२५ मा यस्ता अन्य ५० भन्दा बढी विशेष शोरूमहरूको स्थापनाको यात्रातर्फको पहिलो पाइला भएको टिप्पणी गरे । 

“चितवनमा हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र हाम्रा उत्पादनहरुमाथि विश्वास राख्दै नेपाली उपभोक्तालाई यहीँ उत्पादित विश्वस्तरीय शतप्रतिशत भिट्रिफाइड टायल्स उपलब्ध गराउने हाम्रो प्रतिबद्धता पूरा गर्ने दिशामा हामीलाई साथ दिनुभएकोमा हामी जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सप्रति आधार छौं,” उनले भने, “हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटनले भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्नेतर्फको लुम्बिनी सेरामिक्सको यात्राको थालनीलाई संकेत गरेकोछ ।”

बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा यि टायलहरु चारवटा आकार (१६*१६ इञ्च, २*२ फिट, २*४ फिट र ८ इञ्च*४ फिट) मा उपलब्ध हुनेछन् । 

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।

सम्बन्धित खबर