२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नवौं देवदह महोत्सव हुँदै

Nada
२०८१ पुष १३ गते १८:२३
Shares
नवौं देवदह महोत्सव हुँदै

देवदह : नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८१ को ब्यानर सार्वजनिक गरिएको छ । आयोजक संस्था देवदह व्यापार संघका अध्यक्ष एवम् महोत्सव मुल समारोह समितिका संयोजक कोषबहादुर गुरुङले देवदहको खैरेनीबजारमा उक्त ब्यानर सार्वजनिक गरेका हुन् । 

ncell

ब्यानर सार्वजनिक गर्दै गुरुङले महोत्सवलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सम्पूर्ण उपसमितिहरुलाई निर्देशन दिए । ‘महोत्सव देवदहको गौरव हो, यसको गरिमामा आँच नआउने गरि सबैले काम गरौं,’ उनले भने, ‘सबैले अपनत्व ग्रहण गरेमा मेला सफल हुन्छ ।’

यसैगरी शनिबार नै महोत्सवको तयारीबारे संस्थाको सभाहल पानवरीमा मुल समारोह समितिको बैठक सम्पन्न भएको छ ।  बैठकले महोत्सवका हरेक क्रियाकलापलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको सचिवालय संयोजक हरिलाल भण्डारीले जानकारी दिए । 

‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवर्द्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० देखि २२ गतेसम्म देवदह मण्डप घोडाहामा महोत्सव सञ्चालन हुँदैछ । 

महोत्सवका लागि यसअघि मुल आयोजकसहित अन्य ३१ वटा उप–समिति गठन भएर तीव्रताका साथ काम भइहेको मुल आयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए । करिब १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए ।

सम्बन्धित खबर