२०८१ पुष १४ गते आइतवार / Dec 29 , 2024 , Sunday
२०८१ पुष १४ गते आइतवार
Ads

भोजपुर क्याम्पसमा नयाँ प्रमुख चयन गर्न दौडधुप

ADV
मध्यान्ह
२०८१ पुष १३ गते २१:२५
भोजपुर क्याम्पसमा नयाँ प्रमुख चयन गर्न दौडधुप

भोजपुर :भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख चयनको प्रक्रिया अहिले तीव्र बनिरहेको छ ।  त्रिभुवन विश्वविद्यालयको छनोट समितिले यही पुस ७ गते सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार भोजपुर क्याम्पसका चार उम्मेदवार अन्तिम दौडमा परेका छन् ।

नयाँ अनुहारका रूपमा खगेन्द्र राई, रिन्जु शेर्पा र उत्तम सिं राई प्रतिस्पर्धामा छन् भने पूर्व क्याम्पस प्रमुख पर्वतकुमार राई पनि पुनः पदमा दाबी गर्दैछन् ।  तर यतिबेला  पुनः क्याम्पस  प्रमुखमा  पर्वतकुमार राई नै दोहोरिन खोजेपछि भने समस्या उत्पन्न भएको छ । राई नै क्याम्पसमा आए क्याम्पस सञ्चालन हुन नसक्ने भन्दै  चिन्ता व्यक्त हुन थालेको हो ।

राई भोजपुर क्याम्पसमा राजनीतिशास्त्रका सह–प्राध्यापक हुन् । उनले २०५५ सालमा शिक्षण सहायकको रूपमा आफ्नो सेवा प्रारम्भ गरेका थिए । २०६४ सालमा उनी क्याम्पस प्रमुख बने । तर, उनको कार्यकाल विवादास्पद घटनाक्रमका कारण आलोचित रह्यो ।

पुस्तकालय भवन निर्माणमा भ्रष्टाचारका कारण पूर्व क्याम्पस प्रमुख राई विवादमा तानिएका हुन् । २०६८ मा पुस्तकालय भवन निर्माणको ठेक्कामा छ लाख ९२ हजार ६ सय २६ रुपैयाँ अनियमितता भएको थियो  । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको छानबिन समितिले उनलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गर्‍यो । अन्ततः उनले उक्त रकम ठेकदार कम्पनीसँग मिलेर तिर्न बाध्य भए । २०६६ मा कर्मचारी नियुक्तिमा पक्षपात भएको आरोपका कारण आन्दोलन चर्कियो । स्थिति यसरी बिग्रियो कि आन्दोलनकारीले उनलाई कार्यालयमै आक्रमण गरे । भ्रष्टाचारको आरोपपछि उनी विराटनगर क्याम्पसमा सरुवा भए । तर ६ वर्षपछि फेरि भोजपुर क्याम्पस फर्कने प्रयास सुरु गरे ।

भोजपुर क्याम्पसमा फर्किएपछि राईका गतिविधिहरू पुनः विवादमा परे । उनले विभिन्न संगठनलाई उचाल्ने, अनियमितता आरोप लगाउने र क्याम्पसमा अनुशासनहीनता फैलाउने काम गरेको आरोप लाग्यो । त्रिभुवन विश्वविद्यालयले योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने ‘मेरीट्रोक्रेसी’ प्रणालीको अभ्यास थालेको छ । यो सकारात्मक कदम भएपनि व्यक्तिको नैतिक छविलाई पनि मुल्यांकन गर्नुपर्ने स्वतन्त्र विद्यार्थी युनियन भोजपुरका सभापति निशान राईको भनाइ छ । 

सामाजिक सञ्चालमार्फत राईले भष्टाचार र व्यभिचारयुक्त मान्छे भन्दा सदाचार र स्वच्छ छवि भएको क्याम्पस प्रमुख विद्यार्थीले चाहेको धारणा व्यक्त गरेका छन् ।  

ADVADV

सम्बन्धित खबर

Advertise