२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

सर्वोच्च अदालतमा आज सबै मुद्दाको सुनुवाइ स्थगित

himalayanlife
२०८१ पुष १४ गते १२:५९
Shares
सर्वोच्च अदालतमा आज सबै मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ : सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित हुने भएको छ । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ रोकिएको हो ।

उनको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले निधनप्रति शोक व्यक्त गरेको छ । अदालतका अनुसार सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित हुनेछ ।

सर्वोच्च अदालत बाहेक अरु उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ प्रभावित हुनेछैन । आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा वस्तीको अन्त्येष्टि भएको छ ।

ताजा खबर

सम्बन्धित खबर