२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्छ : खेलकुद मन्त्री चौधरी

shivam cement
मध्यान्ह
२०८१ पुष १४ गते १४:४८
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्छ : खेलकुद मन्त्री चौधरी

काठमाडौँ : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आजदेखि पोखराको फेवातालमा सुरु भएको ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’को उद्घाटन गर्दै उनले खेलका माध्यमबाट विभिन्न देश र समुदायकाबीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।

शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि खेलकुद जरुरी रहेको बताउँदै मन्त्री चौधरीले निरन्तर खेलकुदका गतिविधि सञ्चालन गरी योग्य खेलाडी उत्पादन गर्दै जानुपर्ने गर्नुपर्ने आवश्यकता औँल्याए।

ड्रगन बोट रेस फेष्टिभलले पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाल र चीनका नागरिकहरूका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने धारणा राखे ।

नेपालको प्रमुख पर्यटकीय साझेदार राष्ट्रका रूपमा चीन रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस प्रतियोगिताका माध्यमबाट पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरे ।

नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्धलाई सशक्त बनाउन प्रतियोगिता सफल बन्ने उल्लेख गर्दै उहाँले सहभागी सबै प्रतियोगीलाई सफलताको शुभकामना व्यक्त गरे ।

पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट कामहरू भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू-१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिमलगायत क्षेत्रमा बजेट विनियोजन गरिने जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

चिनियाँ नागरिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै उन यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिए । महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise