२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेप्से परिसूचक २१ अङ्कले घट्यो

Nada
२०८१ पुष १४ गते १५:४६
Shares
नेप्से परिसूचक २१ अङ्कले घट्यो

काठमाडौंः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।

ncell

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।

लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ४७ र विकास बैंक समूह दुई दशमलव ६५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ६१, जलविद्यूत् एक दशमलव ७३, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८१, निर्जीवन बीमा शून्य दशमलव १२ र व्यापार समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू २६ करोड १० लाख ८२ हजार छ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता शेयर किनबेच भएको छ । 

सम्बन्धित खबर