२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नागार्जुनका मेयरविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

Nada
२०८१ पुष १४ गते १८:५६
Shares
नागार्जुनका मेयरविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ ।

ncell

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर भएको हो ।

बस्नेतले पदको दुरुपयोग गरी जग्गाको अवैध कारोबारमा सघाएर बैंक खातामार्फत दुई करोड १५ लाख ७३ हजार नगद लिएको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

त्यस्तै उनले ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र प्रतिवादी कंडेललाई शंकर होटलमा विवाह भोजको २४ लाख ७२ हजार भुक्तान गर्न लगाएर जम्मा ९ करोड २२ लाख ४६ हजार घुस लिएको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ।

आयोग भ्रष्टाचार गरी आर्जन गरेको रकममा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी समेत कसूर समेत थप गरी सजाय माग दाबी लिएको छ । बस्नेतलाई सम्पत्ति शुद्धिकरणतर्फ १३ करोड १२ लाख ७३ हजार बिगो कायम गरी सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ ।

सम्बन्धित खबर