२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

'कृषि उपजको उत्पादन बढाउनुहोस् बजारीकरणको समस्या छैन'

Nada
कुलेन्द्र शाही
२०८१ पुष १४ गते १९:११
Shares
'कृषि उपजको उत्पादन बढाउनुहोस् बजारीकरणको समस्या छैन'

सुर्खेत : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि उपजको उत्पादन बढाउनुपर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहले कर्णाली प्रदेशमा कृषि उपजको उत्पादन बढाएपछि बजारीकरणको समस्या नुहने बताएका हुन् ।

ncell

उद्योग वाणिज्य महासंघको आयोजनामा भएको कर्णाली प्रदेशमा कृषि बस्तुहरुको उत्पादन तथा बजारीकरणमा भएका चुनौती र अवसरसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री शाहले किसानको उत्पादन कम भएका कारणले बजारमा कृषि उपजको डिमान्ड अनुसार पूर्ति हुन नसकेको बताए । उनले भने, ‘बजारीकरणमा कुनै समस्या छैन । हाम्रो कृषि बस्तुहरुको उत्पादन कम छ । उत्पादनको मोडेल नै चेन्ज गर्नुपर्छ ।’

कर्णाली सरकारले वास्तविक किसानहरुको पहिचान गरेर मात्रै काम गरिरहेको बताउँदै सरकारले बनाएका नीति, नियम तथा कानूनहरु कर्मचारीहरुसँगै आम नागरिकले सहि ढंगले पालना गरेको खण्डमा सकारात्मक नतिजा आउने मन्त्री शाहले बताए ।

मन्त्री शाहले विगतका दिनदेखि नै अनुदानको दुरुपयोग भएको प्रश्नहरु उठ्ने गरेको बताउँदै अनुदानलाई आगामी दिनमा प्रादर्शी बनाउनका लागि कुनै व्यक्ति वा निजी फर्म तथा संघ–संस्थालाई बजेट विनियोजन नगरी सबैलाई प्रतिस्पर्धामा आउनका लागि सूचना जारी गरेर मात्रै मन्त्रालयले काम गर्दै आएको स्पष्ट पारे ।  
यस्तै, मन्त्री शाहले निजी क्षेत्रको विकासलाई प्रमोर्ट गर्न सरकारले आवश्यक सहयोग गर्नेमा विश्वास दिलाए ।

सम्बन्धित खबर