२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

यामाहा नेपालद्वारा ‘ड्रिम इट वन इट’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ पुष १४ गते २१:२१
यामाहा नेपालद्वारा ‘ड्रिम इट वन इट’ सार्वजनिक

काठमाडौं : यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट वन इट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो सीमित अवधिको योजना पुस १० गतेदेखि लागू भएको छ ।  

‘ड्रिम इट वन इट’  योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ईएमआई योजना रोज्ने सुविधा प्रदान गर्दछ ।

यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइड एन्ड वीन’ अभियान पनि ल्याएको छ । यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise