२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिँदै नेपाल टेलिकम

ADV
मध्यान्ह
२०८१ पुष १४ गते २१:२३
सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिँदै नेपाल टेलिकम

काठमाडौं : नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गरेको छ । व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धता व्यक्त गर्दै आएको टेलिकमको भनाइ छ ।

कम्पनीले विगतका आर्थिक वर्षहरूदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरू समेत गर्दै आएको जनाएको छ । हरियाली संरक्षण तथा वृक्षरोपणः नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरू रोप्ने, रुखहरू तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।

त्यस्तै, विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरणः नेपाल टेलिकमले निरन्तर रूपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ । साथै देशभरका २० जिल्लाका १÷१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सेनेटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराइएको जनाइएको छ ।

कम्पनीले वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा आवश्यकता बमोजिम डस्टबिन वितरण गरेको छ । वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोगः सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम् न्यानो कपडा र ब्ल्यांकेट समेत सहयोग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमो बेड कम चेयर र एफटिटिएच सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबिपिएस गतिको एफटिटिएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ । त्यस्तै, कम्पनीले फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेज सहितको निःशुल्क प्रिपेड सिमकार्ड वितरण समेत गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise