काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न जनतालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै सर्वसाधारण सबैलाई घरमै बसिदिन आग्रह गरेका हुन् ।
बुधबार एक फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सबै अहिले लकडाउनमा छौं, अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस् ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies