धनुषा : धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका ३ का ६० वर्षिय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् ।
शहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीको आरोप लगाएको छ ।
फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्द ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पत्थरले टाउकोमा प्रहार राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies