एजेन्सी : जी सेभेन राष्ट्रको संयुक्त वक्तव्यमा ‘वुहान भाइरस’ शब्द राख्ने अमेरिकी प्रस्ताव अस्वीकृत भएको छ । कोरोना भाइरसलाई वुहान भाइरस भनिनु पर्ने र कोरोना भाइरस फैलनुको कारण चीन भएको वक्तव्यमा उल्लेख गरिनुपर्ने प्रस्ताव बैठकले पारित नगरेको हो ।
बैठकमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले वुहान भाइरस शब्द राखिनुपर्ने अडान राखेपछि जी सेभेन को बैठक संयक्त वक्तव्य जारी नगरी सकिएको छ । बुधबार जी सेभेन राष्ट्रका विदेशमन्त्रीबीच भिडियो सम्मेलन भएको हो । बैठकमा कोरोनाविरुद्ध एक भएर लड्ने विषयमा भने सहमति भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरसलाई क्षेत्रीय र जातीय दिँदै आएका छन् । उनले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्ने गरेका थिए । विश्व स्वास्थ्य संगठनले समेत ट्रम्पको भनाइमा आपत्ति जनाउदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies