एजेन्सी : सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । हिडाल्गोको मृत्यु स्वभाविक रहेको र कोरोना भाइरसवाट नभएको बताइएको छ ।
फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ बर्षको उमेरमा निधन भएको हो । उनले फ्रान्सलाई सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षण दिएका थिए ।
आयोजक फ्रान्सले स्पेनलाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन बनेपछि उनले प्रशिक्षक पद छाडेका थिए । मिचेल प्याटिनी फ्रान्सले पहिलो पटक युरो कप जित्दाका टिमका कप्तान थिए । उनले प्रतियोगितामा ९ गोल गरेका थिए ।उनले अन्तराष्ट्रिय स्तरमा फ्रान्सेली फुटबलको पुर्ननिर्माण गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies