एजेन्सी : कोरोना भाइरसका कारण टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ । तर उसले तयारीको कामलाई भने रोकेको छैन । ओलम्पिकका लागि सुविधासम्पन्न पुर्वाधार निर्माणमा आफ्नो रफ्तारलाई अझैपनि कायम राखेको छ ।
बिहीबार ओलम्पिक आयोजकले एउटा बैठक बोलाएर टास्कफोर्स बनाएर कामलाई निरन्तरता दिने बताएको हो । प्रमुख कार्यकारी अधिकृत तोसिरो मुटोले ओलम्पिक २०२१ मा सरेपनि पुर्वाधारको काम भने जुन रुपमा भइरहेको छ त्यहि अनुसार अगाडि बढ्ने बताए ।
जुलाई २४ तारिखबाट सुरु हुन भनिएको प्रतियोगिता कोरोनाका कारण र चौतर्फी दबावपछि एक बर्षका लागि सारिएको हो । तर त्यसको मिति भने अझै एकिन गरिएको छैन । ओलम्पिकका लागि अब जापानलाई पुर्वाधार निर्माणमा अझ केहि समय पाएको छ । त्यसैले उसले भलिबल र टेनिसको पूर्वाधार बनाइरहेको छ ।
यसका साथै ओलम्पिकमा सबै भन्दा ठुलो टाउको दुखाई ओलम्पिक भिलेजको निर्माण हो, त्यसको काम सक्न पनि अब पर्याप्त समय पाएको छ । अब टोकियो ओलम्पिक आयोजकलाई सबै ४३ पुर्वाधारलाई आरामसँग बनाउने समय पाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies