२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

Nada
२०८१ पुष १५ गते १८:२४
Shares
‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

काठमाडौंः रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकरात्मक भएको बताएका छन् । आइतबार रिटर्नी नेटवर्क नेपाल सामूहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

ncell

उनले व्यक्ति–व्यक्तिमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत रुपमा परिचालन गरी ठूलो कम्पनीको मालिक बन्न सकिने बताए । उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पुँजीहरुलाई एकीकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा भएको वृद्धि भएको छ । राष्ट्रिय पुँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पुँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ ।’

सम्बन्धित खबर