२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

shivam cement
२०८१ पुष १५ गते १८:२४
Shares
‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

काठमाडौंः रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकरात्मक भएको बताएका छन् । आइतबार रिटर्नी नेटवर्क नेपाल सामूहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले व्यक्ति–व्यक्तिमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत रुपमा परिचालन गरी ठूलो कम्पनीको मालिक बन्न सकिने बताए । उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पुँजीहरुलाई एकीकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा भएको वृद्धि भएको छ । राष्ट्रिय पुँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पुँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ ।’

ADV

सम्बन्धित खबर