२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पेट्रोल र डिजेलको मूल्य बढ्यो

Nada
२०८१ पुष १६ गते २०:४३
Shares
पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ ।

ncell

निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।

सम्बन्धित खबर