काठमाडौं : ज्योति विकास बैंकका ग्राहकले धुलिखेलमा रहेको दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशत छुट पाउने गरी सम्झौता गरेको छ । रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना मा बैंकका ग्राहकले छुट पाउनेछन् ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।