काठमाडौं : नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई सोमबार राति १२ः०० बजेदेखि लागू हुने गरी एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ रुपैयाँ कायम गरिएको प्रवक्ता हरि ढकालले बताए ।
यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरेको टेलिकमले जनाएको छ ।