२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

ग्लोबलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ADV
मध्यान्ह
२०८१ पुष १६ गते २०:५६
ग्लोबलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । मेरी उनीलाई स्वस्थ नारी पहल अभियान अन्गर्तत बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ । 

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भासय प्रोल्याप्स केसको उपचार र औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । बैंकले सबै प्रदेशहरूमा यही पौष महिनामा उक्त शिविरहरू सञ्चालन गर्नेछ । 

बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका वडा नं ११ मकवानपुर स्थित सरस्वती टोल हलमा पुस १८ गते बिहीबार, मधेश प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिबार र कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङ स्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं. ११, रुपन्देही स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते बुधबार, कर्णली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेत स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते शनिबार  र  सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलाली स्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा पुस २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बैंकले छ । 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise