२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Nada
२०८१ पुष १७ गते ११:४८
Shares
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं : आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

ncell

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आज मूल्य बढेको हो । मंगलबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला १ हजार सात सय ६५ रुपैयाँमा किनबेच हुँदैछ ।

सम्बन्धित खबर