२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

कृषि मन्त्रालयले थाल्यो स्वीकृत कार्यक्रम कार्यान्वयनको सहजीकरण

ADV
कुलेन्द्र शाही
२०८१ पुष १७ गते १२:१०
कृषि मन्त्रालयले थाल्यो स्वीकृत कार्यक्रम कार्यान्वयनको सहजीकरण

सल्यान : कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको सहजीकरण थालेको छ । मन्त्रायले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका मातहत कार्यालयमा गर्ने उद्देश्यका साथ प्रांगारिक कृषि पाठशाला सञ्चालन अभिमुखीकरण तथा प्राविधिक सहजीकरण सल्यान जिल्लाबाट सुरु गरेको छ ।

बुधबार अन्तरक्रिया कार्यक्रममा कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्था कार्यविधि २०८१, मूल्यवान लोगो, कृषक पाठशाला तथा ब्याज अनुदानमा भएका कानुनी व्यवस्थाका विषयमा छलफल गरिएको छ । कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले मन्त्रालयले प्रांगारिक कृषि पाठशाला सञ्चालन अभिमुखीकरण तथा प्राविधिक सहजीकरण मूल्यवान लोगो, व्याज अनुदान र कार्यविधिको बारेमा मन्त्रालयले छलफल थालेको बताए ।

कठायतले सल्यान जिल्लाबाट सुरु गरेर रुकुमपश्चिम, जाजरकोट हुँदै १० वटै जिल्लामा छलफल तथा अन्तरक्रिया गर्ने मन्त्रालयले योजना बनाएको बताए । सल्यानमा भएको अन्तरक्रियामा आफ्नो प्रस्तुतीकरण राख्दै प्रवक्ता कठायतले दिगो तथा जलवायु उत्थानशील कृषि व्यवसाय प्रवर्द्धनका लागि मन्त्रालयले बनाएको कार्य सञ्चालनको ढाँचाको बारेमा चर्चा गरे । 

यस्तै उक्त सहजीकरण अन्तरक्रिया कार्याक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्दबहादुर महतले आफ्नो कार्यालयका सबै कार्याक्रमहरुको कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा सल्यानमा ५ लाख ६६ हजार बाख्राको संख्या भएकोमा २२ हजार खसी, बोका विक्री गरेर ५७ करोड र १५ हजार लिटर दुधबाट १ करोड ६२ लाख रुपैयाँ आम्दानी भएको बताए ।

स्रोत केन्द्रको अभाव, कार्यालय सञ्चालनका लागि बजेटको अभाव, कार्यविधि समयमै नआउने र एआई कार्यक्रमहरु गर्नेलगायतका समस्या भएको प्रमुख महतले बताए । 

कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले साना सिँचाइ, लक्षित वर्ग, ब्याज अनुदानलगायतका कार्यक्रमहरु कार्यान्वयनमा गइसकेको बताए । भूकम्प प्रभावित जिल्लाका लागि कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताउँदै उनले कार्यविधिमा स्पष्ट उल्लेख हुनुपर्ने बताए ।

अन्तरक्रियामा बोल्दै कृषिमन्त्री विनोदकुमार शाहले सल्यानका किसानहरु मिहिनेती र लगनशील रहेको बताउँदै कृषि जनशक्ति र किसानबीचको समन्वयलाई प्रभावकारी बनाएको खण्डमा कृषिमा थप प्रगति गर्न सकिने बताए । उनले भने, 'तपाईंको सीप तथा अध्ययनलाई किसानका माझमा पस्किनुभयो भने कृषि क्षेत्रको विकासमा सकारात्मक नतिजा आउने अपेक्षा लिएको छु ।'

मन्त्री शाहले किसानहरुको मनोविज्ञान बुझेर, उनीहरूका समस्यालाई ध्यानमा राखेर, कृषिलाई एउटै क्षेत्रमा नभइ पर्यटन, शिक्षालगायतका क्षेत्रलाई जोडेर काम गर्न कृषि विज्ञ कर्मचारीहरुलाई सुझाव दिए । यस अन्तरक्रियाले प्रत्येक जिल्लामा उत्पादन हुने कृषि उपजहरुको अध्ययन, मूल्यांकन, बजारीकरण तथा कृषिमा थप विकासका लागि आगामी वर्षका लागि मन्त्रालयले रणनीतिक योजना बनाउन सहज हुने मन्त्री शाहले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise