काठमाडौं : नेपाल आयल निगमले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयॉ सहयोग गरेको छ । यो रक़म बराबरको चेक आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
कार्यकारी निर्देशक पोडेलले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । यस अघि बुधबार बसेको निगनकोसंचालक समितिको बैठकले राष्ट्रिय बिपत्तिको समयमा सरकारलाई सहयोग गर्ने निगमको कर्तव्य र दायित्वलाई निरन्तरता दिंने भन्दै सरकारले खड़ा गरेको उक्त कोषमा ५० करोड रुपैयॉ दिने निर्णय गरेको थियो ।
निगमको विज्ञप्तिमा अगाडि भनिएको छ - ‘ नेपाल सरकारले कोरोना भाइरस को संक्रमण रोकथाम , नियन्त्रण र उपचारका लागि चालेको कदममा सहभागी बन्न पाउँदा निगम परिवार गौरव महसुस गर्दछ र सबैलाई सकेको सहयोग गर्न अपिल गर्दछ ।’ साथै भाइरस सॉक्रमणबाट बत्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यानॉवयनमा सघाउन समेत निगमले सबैसंग अनुरोध पनि गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies