२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

६१ नयाँ म्यानपावर दर्ता, ४३ खारेज

ADV
मध्यान्ह
२०८१ असार १० गते ०८:०४
६१ नयाँ म्यानपावर दर्ता, ४३ खारेज

काठमाडौं : वैदेशिक रोजगार विभागले चालु आर्थिक बर्षको एघार महिनामा ६१ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको बताएको छ । जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै विभागले वैशाखसम्म ५८ र जेठमा ३ गरी ६१ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको बताएको छ ।

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी, पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेका छन् ।

यस बर्ष दर्ता भएका म्यानपावर कम्पनी वार्षिक तीन हजार जनासम्म कामदार पठाउने योजना बनाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी पेश गरेका छन् । यसअवधिमा ४३ वटा म्यानपावर कम्पनी खारेज गरिएको विभागले बताएको छ ।

विभागले दर्ता रहेका मध्ये ९८० वटा म्यानपावर कम्पनी सक्रिय रहेको अर्थात् उनीहरू कामदार पठाउन सक्रिय रहेको, ३७ वटा निष्कृय, एउटा निलम्बनमा र ५८४ वटा ब्लक अवस्थामा रहेको बताएको छ । ९८० म्यानपावर कम्पनी सक्रिय रहेको भएपनि जेठमा ७५४ म्यानपावर कम्पनीले ३६ हजार ७ जना कामदार वैदेशिक रोजगारीमा पठाएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise