२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

त्रिवेणी कपको उपाधि एपीएफलाई

ADV
जनक श्रेष्ठ
२०८१ पुष २० गते २१:०९
त्रिवेणी कपको उपाधि एपीएफलाई

लमजुङ : लमजुङमा संचालित ३२औं त्रिवेणी कपको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा बेँसीसहर नगरपालिका वडा नं. ७ सहजी खेलमैदानमा भएको फाइनल खेलमा बुद्ध युवा क्लब (बीवाईसी) भोटेअ‍ेडार लमजुङलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको सुरुवाती १२ मिनेटमा बीवाईसीका लागि समीर तामाङले गोल गर्दै टिमलाई अघि बढाएका थिए । पहिलो हाफको ३० मिनेटमा एपीएफका युवराज खड्काले गोल गरेसँगै खेल बराबरी भयो । दोस्रो हाफको ६ मिनेटमा एपीएफका कप्तान हरि कार्कीले गोल गरे । ८ मिनेटको इन्जुरी समयको पाँचौं मिनेटमा भोटेओडारका समीरराज ठकुरीले गोल गरेपछि खेल पुनः बराबरी भयो । त्यसपछि थपिएको १५ मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ दी म्याच बन्दै नगद १० हजार रुपैयाँ प्राप्त गरे । विजयी एपीएफले १२ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र पायो । उपविजेता भोटेओडारले ६ लाख रुपैयाँ प्राप्त ग¥यो । उत्कृष्ट खेलाडी घोषित हुँदै भोटेओडारका विदेशी खेलाडी इम्यानुअलले २५ हजार रुपैयाँ र ट्रफी तथा प्रतियोगिता अवधिभर ६ गोल गरी एपीएफका प्रदीप लामाले सर्वाधिक गोलकर्ताको उपाधिसँगै नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

विजयी टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए । यही पुस १२ गतेदेखि आयोजना भएको यस प्रतियोगितामा लमजुङ, काठमाडौं, नवलपुर, मनाङलगायत १६ टिमले सहभागिता जनाएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise