कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत, १७ माघ । दैलेखमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी पाल्तडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गाडीमा चालकसहित १५ जना सवार रहेको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवं प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइतेहरुको उद्धार गरेर पाल्तडास्थिती शाही मेडीकल हलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ । गाडी सडकभन्दा करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies