२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

‘राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले सरकार’

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष २० गते २१:११
Shares
‘राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले सरकार’

प्यूठान : लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा रोजले नेपालमा दीर्घकालिन राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । 

ncell

शनिबार गृह जिल्ला प्यूठान पुगेका युवा नेता रोजले कांग्रेस प्यूठान नगरसमितिको नगर सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक स्थायित्व नहुँदा मुलुक जटिल अवस्थामा जान थालेपछि नेपालका दुई ठूला राजनीतिक पार्टीहरुले गठबन्धन गरी सरकार बनाएकोले अब मुलुकमा स्थायित्व कायम हुने बताए ।

उनले लुम्बिनी प्रदेशमा धेरै पटक मन्त्री त भइयो, काम गर्ने बेला सरकारबाट बाहिरिने गरेको कारण सोचे अनुसार विकासका काम गर्न नसकेको स्वीकार गरे । पटक–पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको उनले दाबी गरे ।

नेता रोजले लुम्बिनी प्रदेश सरकारले धेरै सुधारका कामहरु गरेकाले अब केही बाँकी  रहेका कामहरु गर्ने बताए । आफू नेतामुखी नभइ जनतामुखी भएकोले जनताका समस्या समाधानतर्फ लाग्ने उनले बताए ।

मन्त्री थापाले जिल्लामा देखिने गरी सडक, पूर्वाधार, सहरी विकास अन्तर्गत भवनहरु एकीकृत वस्ती विकास, खानेपानीको क्षेत्रमा जनचाहना अनुसार काम गर्ने बताए । कार्यक्रममा बोल्ने नेताहरुले गुटगत राजनीति त्यागेर पार्टीमा काम गर्न नेता कार्यकर्ताहरुले दबाब सिर्जना गर्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर