२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

पुनर्वास सुनिश्चित नभएसम्म सुकुम्वासीलाई आश्रयस्थलमै राख्न महामन्त्री राणाको आग्रह

Nada
२०८३ मंसिर ११ गते १२:३६
Shares
पुनर्वास सुनिश्चित नभएसम्म सुकुम्वासीलाई आश्रयस्थलमै राख्न महामन्त्री राणाको आग्रह

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारको पुनर्वास सुनिश्चित नगरी उनीहरूलाई त्यहाँबाट हटाउन नहुने बताएका छन् ।

घरबार गुमाएका परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै राणाले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

उनले भनेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो ।’

राणाले प्रभावित परिवारसँगको संवादबाट पुनर्वासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । पुनर्वासको व्यवस्था नभएसम्म हालकै आश्रयस्थलमा बस्न दिनुपर्ने उनको माग छ ।

उनले भने, ‘सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ। प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्छ । पुनर्वास नभएसम्म उनीहरूले हाल आश्रय लिइरहेको ठाउँमा ढुक्कसँग बस्न पाउनुपर्छ ।’

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर