२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

व्यवसायी कलवारद्वारा समाचारको खण्डन, सत्यतथ्य छानबिन गर्न महासंघको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष २० गते २१:३९
Shares
व्यवसायी कलवारद्वारा समाचारको खण्डन, सत्यतथ्य छानबिन गर्न महासंघको माग

रौतहट : रौतहट कटहरिया बजारका व्यवसायी रामचन्द्र साह कलवारले आफूविरुद्ध पूर्वाग्रही भएर समाचार आएको भन्दै भत्र्सना गरेका छन् । आफूले नक्कली मलखाद विक्री वितरण नगरी नियमपूर्वक नै वितरण गरेको व्यवसायी कलवारको भनाइ छ । 

ncell

जहरीमाई कृषि सहकारी संस्थाका संचालक रहेका व्यसायी कलवारले शनिबार पत्रकार सम्मेलन गर्दै सहकारीको नाममा आउने मलखाद नियमपूर्वक सम्बन्धित वडाका अध्यक्षको रोहबरमा वितरण गर्दा आफ्नो स्वार्थपूर्तिका लागि बद्नाम गर्न खोजिएको बताए । पटक–पटक एउटै विषयलाई लिइ आफूलाई बदनाम गर्न थालेपछि बाध्य भएर आफू प्रतिवादमा उत्रिएको पनि उनले बताए । 

वीरगन्जबाट आधिकारिक बिक्रेतासँग भ्याट बिलमा चाइनिज मलखाद खरिद गरी ल्याएर बिक्री गर्दा दुई नम्बर बनाइ बिक्री वितरण गर्ने गरेको, जनतालाई मलखाद नदिने गरेको र तस्करी गरेका जस्ता विषयमा आफूमाथि लागेको आरोपहरु निराधार रहेको उनले पत्रकार सम्मेलनमा प्रष्ट पारेका छन् । कटहरिया म्युजिकल एफएमका प्रकाश श्रेष्ठले माग गरेअनुसार आर्थिक सहयोग गर्न असमर्थता जनाउँदा आफ्नो नाम जोडेर बद्नाम गरेको कलवारले आरोप लगाए । 

कटहरियाका ३ वटा वडाहरुमा आफूहरुले चलाउने तीन वटै सहकारी संस्थाबाट नियमअनुसार मलखाद वितरण गर्ने गरेको उनको दाबी छ । सम्बन्धित वडासँगै कृषि शाखा कटहरियाको सिफारिस गरी अनलाइन गरेर मात्र मलखाद वितरण गर्ने गरेको सहकारी संचालक कलवारले स्पष्ट पारे । 

भ्याटदेखि नेपाल सरकारको सबै प्रक्रिया पूरा गरेर पसल सञ्चालन गरेको हुँदा गलत भए अनुगमन गरेर कारबाही गर्न समेत उनले आग्रह गरे । 

यता पत्रकार श्रेष्ठले भने व्यवसायीको आरोपको खण्डन गर्दै समाचार लेखेकै कारण आफूलाई फोनमार्फत विभिन्न धम्की आएको बताए । 

यसैबीच नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । महासंघका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

समाचारका विषयमा चित्त नबुझे कानुनी उपचार विधि र प्रक्रिया हुँदाहुदै धम्की दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादामाथि गम्भीर आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न तथा समाचारको विषयमा आउने यस्ता धाक धम्कीपूर्ण कार्य बन्द गर्न र जनताको सूचनाको हक स्थापित गर्न महासंघले सबैमा अनुरोध समेत गरेको छ । 

यसैबीच नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले सहकारी सञ्चालक कलवारले पत्रकार श्रेष्ठलाई फोनमार्फत गालीगलौज गरी कुटपिट गर्ने धम्की दिएको भन्दै कारबाहीको माग गरेका छन् । 

प्रमुख गुप्ताले धम्की दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न सरकार र स्थानीय प्रशासनलाई ध्यानाकर्षण समेत गराएका छन् ।

No description available.

ताजा खबर

सम्बन्धित खबर